default_image

4 days ago

April 7, 2025

एन्फा लिगको सट्टा लिग कम नकआउट गर्दै

1932 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि लिग कम नकआउट प्रतियोगिता गर्ने भएको छ।

एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउनको लागि यो प्रतियोगिता गर्न लागेको हो। नियम अनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो।

तर एन्फाले सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न सकेन । जसको कारण यो प्रतियोगिता गर्न लागेको हो।

आज एन्फामा भएको बैठकमा एन्फा पदाधिकारी र ए डिभिजनका १४ क्लबबीच प्रतियोगिताका लागि सहमति भएको बताइएको छ। प्रतियोगिता वैशाख २० गतेदेखि हुने तय भएको छ।

पछिल्लो पटक लिगमा १४ टोली खेलेका थिए। खुमलटार र एपिएफ रेलिगेसनमा परेको थियो। थ्री स्टार क्लबले श्रम स्वीकृति नभएका खेलाडी खेलाएको भन्दै एपिएफले उजुरी दिएको थियो। त्यसमा एन्फाले अहिले सम्म कुनै निर्णय गरेको छैन।

प्रतियोगिताको लागि यही वैशाख १० गतेभित्र टिम दर्ता गर्नुपर्ने र बैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गरिसक्नुपर्ने सहमति पनि भएको छ।

यो प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछ। गत संस्करण भने चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको थियो।

चर्च ब्वाइजले २०८० जेठमा ४४ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

April 11, 2025

मच्छिन्द्र र हिमालयन शेर्पा फाइनल खेल्दै

सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन्‌ । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]

April 11, 2025

युरोपा लिगमा युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]

Success

Thank you for your time.