default_image

6 days ago

April 7, 2025

मच्छिन्द्र जीतपुरसिमरा गोल्ड कपको सेमिफाइनलमा

313 views

0 Bookmark

सुनिल गाउँले,सिमरा

मच्छिन्द्र फुटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ

साविक विजेता पुलिसलाई आइतवार राति भएको खेलमा टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गर्यो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने ।

प्लेयर अफ दि म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम पेनाल्टीलाई रोकेपछि मच्छिन्द्र ४–३ ले विजयी भयो। निर्धारित समयको खेल १-१ को‌ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल , विपन श्रेष्ठ, अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरे । विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरियो ।

पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरे । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरियो । अरुण गाहाको प्रहार विशालले पञ्च गरेपछि मछिन्द्रको जित पक्का भयो ।

त्यसअघि निर्धारित ९० मिनटको खेलमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरियो ।

दोस्रो हाफमा झन्डै २५ यार्डबाट विवेक पाण्डेले फ्रिकिकमा‌ गोल गर्दै पुलिसलाई अग्रता दिलाए। पेनाल्टी बक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक पाएको हो ।

खेलको ६१ औं मिनटमा राजिव लोप्चनले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काए । अरुण गाहाको क्लियर गरेको बल पेनाल्टी बक्समा नियन्त्रणमा लिदै राजिवले गोल गरेका हुन् ।

खेलको १७ औं मिनटमा पुलिसका अरुणको प्रहार मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले गोललाईनबाट बचाए । अनुप लिम्बुको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशालले पनच गरे।

रिवाउण्डमा पुलिसका अरुणको प्रहारलाई मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले हेडिङ मार्फत गोललाईनबाट क्लिएर गरे ।

खेलको ७५ औं मिनटमा मच्छिन्द्रका अनिल खड्काले अवसर गुमाए । अनिल रानामगरको क्रसमा खड्काको प्रहारलाई पुलिसका गोलरक्षक अमितले बचाउ गरे ।

खेलको ७९ औं मिनटमा पुलिसका प्रविण थापाको प्रहार मच्छिन्द्रका विशालले गरे। मानबहादुर परियारको फ्रिकिक प्रहारलाई नियन्त्रण गर्दै विकास विकले प्रविणका लागि डिबक्स भित्रै आकर्षक अवसर बनाईदिएका थिए ।

ग्रिन इनर्जी म्यान अफ दि घोषित भएका मच्छिन्द्रका गोलरक्षक विशालले १० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे । उनलाई सिप्रदी ट्रेडिङ्ग वीरगञ्जका प्रमुख सन्दिप गुप्ता र ग्रिन इनर्जीका शैलेस साहले पुरस्कार प्रदान गरेका थिए ।

अन्तिम क्वाटर फाइनलमा आज हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्नेछन् ।

April 13, 2025

पूजासहित पुलिसका ३ खेलाडीले भुटानमा लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानासहित नेपाल पुलिस क्लबका ३ खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन्। पुलिसका प्रशिक्षक भोला सिलवालले तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट उमन्स लिग खेल्ने जानकारी दिए । पुलिसले उनीहरु विनानै […]

April 13, 2025

भाग्यशाली बार्सिलोना

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले लेगानेसलाई १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको‌ अंक दूरीलाई‌ बढाएको छ। १२औं ला लिगा खेलमा अपराजित यात्रा जारी राखेको बार्सिलोना रियल भन्दा ७ अंकले अगाडि छ। एस्टाडियो म्युनिसिपल डे बुटार्के मा दोस्रो हाफ सुरु भएको केही समयमै गोल भएको थियो। लेगानेसका डिफेन्डर जोर्ज साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयास गर्दा […]

April 13, 2025

आर्सनल रोकिँदा लिभरपुललाई थप सहज

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार आर्सनल बराबरीमा‌ रोकिएपछि लिभरपुलको उपाधि यात्रा थप सहज बनेको छ। आर्सनललाई ब्रेन्टफोर्डले १-१ को बराबरीमा रोकेको थियो। घरेलु मैदानमा थोमस पार्टीले ६१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमायोआन विस्साले बराबरी गोल गरेका थिए। च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई ३-० ले हराएको ४ दिनपछि आर्सेनलले ब्रेन्टफोर्डको कडा […]

Success

Thank you for your time.