7 days ago
April 6, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलको प्रिमियर लिगमा २६ खेलको अपराजित यात्रा टुंगिएको छ।
फुलहमले आइतवार लिभरपुललाई ३-२ ले हराएको छ।क्राभेन कटेजमा उनीहरूलाई हरायो।
अलेक्सिस म्याक एलिस्टरले २५ यार्ड टाढाबाट गोल गर्दै १४ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए । तर पहिलो हाफअघि १३ मिनेटभित्र फुलहमले ३ गोल गर्दै खेल उल्टाइदियो।
२३ औं मिनेटमा एन्ड्रियास पेरेइराको क्रसमा रयान सेसेन्योनले पहिलो टचमै फुलहमका लागि बराबरी गोल गरे।
३२ औं मिनेटमा एलेक्स इवोबीले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। टलीका लागि ३७ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गरे।
लिभरपुलका लुइस डियाजले खेलको ७२औं मिनेटमा कोनोर ब्राडलीको पासबाट गोल गरे। तर लिभरपुल बराबरी गोल गर्न असफल भयो।
३१ खेलमा लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको ११ अंक बढी छ । ७ खेल बाँकी हुँदा २०औं लिग उपाधि जित्न लिभरपुललाई अब ११ अंक आवश्यक छ ।
यो जितले फुलहमको युरोपेली प्रतियोगितामा छनोट हुने सम्भावना यथावत राखेको छ। ४८ अंकका साथ टोली आठौं स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीभन्दा ५ अंक कम छ।
अर्को खेलमा टोटेनहमले साउथ ह्याम्टनलाई ३-१ ले हराएको छ। चेल्सी र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन्।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराएको छ। श्री कुमारीको यो लगातार दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज भएको खेलको १४ औं मिनेटमा सुजन रानाको गोलमा श्री कुमारीले अग्रता बनायो। पहिलो हाफ १-० को नतिजामा सकियो। नयाँबस्ती दोस्रो हाफमा पनि खेलमा फर्कन […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानासहित नेपाल पुलिस क्लबका ३ खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन्। पुलिसका प्रशिक्षक भोला सिलवालले तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट उमन्स लिग खेल्ने जानकारी दिए । पुलिसले उनीहरु विनानै […]
April 13, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले लेगानेसलाई १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई बढाएको छ। १२औं ला लिगा खेलमा अपराजित यात्रा जारी राखेको बार्सिलोना रियल भन्दा ७ अंकले अगाडि छ। एस्टाडियो म्युनिसिपल डे बुटार्के मा दोस्रो हाफ सुरु भएको केही समयमै गोल भएको थियो। लेगानेसका डिफेन्डर जोर्ज साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयास गर्दा […]