default_image

6 days ago

April 6, 2025

पिएसजी लिग वान च्याम्पियन

281 views

0 Bookmark

एजेन्सी – डिजायर डुएले एक मात्र गोल गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार एन्जेर्स १-० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ।

लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पिय बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर डुएले ख्विचा ख्वारात्स्खेलियाको क्रसमा ५५औं मिनेटमा गरेको भली गोलले टोलीले ३ अंक जोड्यो ।

यसअघि सन् २०१६ मा पिएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि जितेको थियो । लियोनले २००७ मा ६ खेल बाँकी छँदै सो उपलब्धि हासिल गरेको थियो।

१९ वर्षे एन्जेर्समा जन्मिएका फरवार्ड डुएले पेरिसमा आफ्नो डेब्यु सिजनमै ११ गोल र ११ असिस्ट गरिसकेका छन् । उनी रेनबाट पिएसजी पुगेका थिए।

पिएसजीले पछिल्लो १३ सिजनमा ११ औं लिग वान उपाधि हो जितेको छ । समग्रमा उसको यो १३ औं शीर्ष डिभिजनको उपाधि हो।

२८ खेलपछि पिएसजीको ७४ अंक पुगेको छ। समान खेलमा मोनाकोको ५१ अंक छ । एन्जेर्स २७ अंकसहित १४ औं स्थानमा छ।

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

Success

Thank you for your time.