4 days ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले विभागीय टोली एपिएफ फुटबल क्लबबाट खेल्ने भएकी छिन् ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी अन्जनाले एपिएफसँग नयाँ सिजनका लागि सम्झौता गरेकी हुन् ।
उनलाई नेपाल एपिएफ क्लब अध्यक्ष एसएसपी विकास घिमिरेले सोमवार क्लबमा स्वागत गरेका थिए। उनी आर्मीबाट लामो समयदेखि करारमा खेल्दै आएकी थिइन् । उनी ९ वर्षको आर्मी बसाइपछि एपिएफ गएकी हुन् ।
रौतहटबाट खेल्दा नै राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी अन्जनाले उमेर समूहमा नेपाली टोलीको कप्तानी गरेकी छिन् । उनले आफ्नो करिअरमा अझ सहयोग पुग्ने लक्ष्यसहित एपिएफको यात्रा तय गरेकी हुन् ।
घरेलु फुटबलमा दबदबा कायम गरिरहेको एपिएफको टोली अन्जनाको आगमनले थप बलियो भएको छ । एन्जिला तुम्बापो सुब्बा ग्रिसमा खेल्न गएपछि सावित्री किसान र झरना डुम्राकोटीले एपिएफको गोलरक्षण सम्हाल्दै आएका थिए ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]