default_image

6 days ago

April 5, 2025

जीतपुरसिमरा गोल्डकप – आयोजक सेमिफाइनलमा

229 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

मोहित गुरुङको निर्णायक गोलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ।

हेटौंडाको एन्फा मकवानपुरलाई १-० ले हराउँदै नव जनजागृति अन्तिम चारमा पुगेको हो। मोहितले खेलको ८५ औं मिनटमा गोल गरे । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले रोक्ने मौकै पाएनन्।

सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब ७ हजार दर्शकको समर्थन पाएको आयोजक सिमराले आकर्षक अवसरहरु बनाएपनि मकवानपुर विरुद्ध जित निकाल्न संघर्ष गर्नुपर्यो ।

पहिलो हाफमा मकवानपुरले आयोजक विरुद्ध अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले पेनाल्टी बक्स भित्रबाट पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार फितलो हुँदा सिमराका गोल रक्षक युनेश चौधरीले रोके ।

खेलको १६ औं मिनटमा मकवानपुरले अर्को अवसर गुमायो । अनिश महर्जनको क्रसमा अभिषेक लामाको हेडर सिमराका डिफेण्डर सिशस थापाले गोललाइनबाट क्लिएर गरे ।

१८ औं मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोलरक्षक टोपबहादुरले बचाए । साइरब तामाङ्गको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए ।

खेलको ८० औं मिनटमा आयोजक सिमराले अवसर गुमायो । समिन ढकालको पासमा अभिषेक महतोको प्रहार क्रसबारमा लागेर बाहिरियो । डिबक्स भित्र समिनले निकालेको सुन्दर पासमा अभिषेकले सशक्त प्रहार गरेका थिए ।

आयोजक सिमराका मोहित गुरुङ ग्रिन इनर्जी प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । उनलाई ओमनी मोटर्सका दिलिप हमाल र ग्रिन इनर्जीका शैलेश साहले ट्रफी प्रदान गरे ।

आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

April 11, 2025

हिजाजीको ह्याट्रिकमा धनगढीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट […]

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]

Success

Thank you for your time.