default_image

6 days ago

April 5, 2025

पहिलो हाफमा पोखराको अग्रता

536 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा अहिले पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा पोखराले १-० को अग्रता बनाएको छ।

अंक बिहिन पोखरा अंक तालिकाको पुछारमा छ। उसले यसअघिको दुवै खेल हारेको छ। आजको खेल जित्नैपर्ने दबाबमा पोखरा छ।

यता पहिलो संस्करणको विजेता काठमाडौंलाई भने पहिलो जित निकाल्ने चुनौती रहेको छ। उसले यसअघिको दुई खेल बराबरीमा सकाएको थियो।

दशरथ रङ्गशालामा जारी खेलको दोस्रो मिनेटमा नै पोखराका सुदिल राईले करिब २० यार्ड टाढाबाट हानेको पावरफुल प्रहार क्रसबारमा लागेर फर्कियो। पोखराले राम्रो मौका गुमायो।

सातौं मिनेटमा काठमाडौंले पनि सुनौलो मौका गुमायो। जिलेश्पी जङ्ग कार्कीको थ्रु पासमा भिन्सेन्ट कोजिएलोले अफ साईड ट्रयाप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहारलाई पोखराका गोल रक्षक प्रिसोले बल्क गरे। रिबाउन्डमा अमसडो डियोपको प्रहारलाई गोल लाइन नजिकैबाट डिफेन्डरले बचाए।

२२ औं मिनेटमा पोखराको प्रयासमा गोल रक्षक अभिषेक बराल बाधक बने। कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समिर तामाङको प्रहारलाई गोल किपर अभिषेकले उत्कृष्ट बचावट गरे।

तर २५ औं मिनेटमा भने अग्रता बनायो। पदम भट्टराईले थ्रो इन गरेको बलमा साइडोस्टन जाफारोले बललाई कन्ट्रोल गर्दै दिएको क्रसमा स्टेफन समिर बिनोङको डाइभिङ हेडर सुन्दर गोलमा परिणत भयो। पोखराले १-० कि अग्रता बनायो।

३३ औं मिनेटमा पोखराले अग्रता दुगुना दोस्रो गर्ने सुनौलो मौका गुमायो। काठमाडौका कप्तान कुलदीप कार्कीले स्टेफन समिर बिनोङलाई बक्स भित्र तानेर लडाएपछि रेफ्री श्याम दनुवारले पोखरालाई पेनाल्टीको अवसर प्रदान गरे। समिरले पेनाल्टी प्रहार गरे। तर गोल रक्षक अभिषेकले दाहिने पट्टी डाइभ गर्दै पेनाल्टी प्रहार रोके। पोखरा दोस्रो गोल गर्न चुक्यो।

३९ औं मिनेटमा पोखराले अर्को मेका गुमायो। आयुष घलानको सटिक क्रसमा बिनोङको ओपन हेडर फितलो बन्यो। पहिलो हाफमा पोखराले १-० को अग्रता बनायो।

काठमाडौले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी सिटीलाई सानदार कमब्याक गर्दै २-२ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भने झापा एफसीसँग गोल रहित बराबरीको नतिजा निकालेको थियो।

पोखराले भने पहिलो खेलमा एफसी चितवनसँग २-० को हार बरहोरेको थियो‌। दोस्रो खेलमा ललितपुरसँग तनावपूर्ण खेलमा २-१ ले हारेको थियो।

आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ। गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई हराउँदै उपाधि जितेको थियो।

April 11, 2025

हिजाजीको ह्याट्रिकमा धनगढी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)-अहमद हिजाजीले ह्याट्रिकमा धनगढी एफसी दोस्रो जित दर्ज गर्दै एनसेल एनएसएलको शीर्षस्थानमा उक्लन सफल भएको छ। सानदार कमब्याकमा धनगढीले काठमाडौं रेजर्सलाई ३-१ ले माथ दियो। अपराजित धनगढीले ललितपुरले जतिकै ८ अंक जोडे पनि हेड-टु-हेडको आधारमा शीर्षस्थानमा रहन सफल भएको हो। एक गोलले पछि परेको धनगढीको कमब्याकमा हिजाजी नायक बन्दै धनगढीलाई जित दिलाए। कमजोर […]

April 11, 2025

हिजाजीको ह्याट्रिकमा धनगढीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट […]

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

Success

Thank you for your time.