3 days ago
April 5, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखले १० खेलाडीमा सीमित अग्सबर्ग फुटबल क्लबलाई पराजित गरेको छ ।
बायर्नले शुक्रवार अग्सबर्गलाई ३-१ ले पराजित गरेको हो । अग्सबर्गको घरेलु मैदान डब्लुडब्लुके एरिनामा भएको खेलमा बायर्नको जितमा जमाल मुसियला तथा ह्यारी केनले गोल गर्दा १ गोल अग्सबर्गले आत्मघाती गरेको थियो ।
घरेलु टोलीका दिमित्रियोस जियान्नुलिसले सान्त्वना गोल फर्काए । खेलमा अग्रता अग्सबर्गले लिएको थियो । ३०औं मिनेटमा जियान्नुलिसले गोल गरेका थिए ।
त्यसको १२ मिनेट पछि बायर्नका मुसियालाले बराबरी गोल फर्काएका थिए।
खेलको ५९औं मिनेटमा अग्सबर्ग १० खेलाडीमा सिमित बनेको थियो । उसका सेड्रिक जेसिगर रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।
खेलको ६०औं मिनेटमा केनले गोल गरेपछि बायर्न २-१ ले अघि लागेको थियो। इन्ज्युरी समयमा अग्सबर्गका क्रिस्लेन मात्सुमाले आत्मघाती गोल गरेपछि बायर्नले ३-१ ले विजयी भएको थियो।
बायर्न २८ खेलमा ६८ अंकका साथ शीर्ष स्थानमा यथावत छ । अग्सबर्ग २८ खेलमा ३९ अंकका साथ आठौं स्थानमा छ ।
April 7, 2025
सुमन अधिकारी,बुटवल सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् । भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]