1 week ago
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।
दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन गरे ।
दुवै टिमका खेलाडीहरूको प्रदर्शन कमजोर रह्यो । मिडबाट केहि मुभ सिर्जनना भएपनि अधिकांश मिसपास भयो । केहि मुभमा दुवै टिमका स्ट्राइकरहरू आफ्नो पोजिसनमा पुग्न सकेनन् ।
खेलको ४० औं मिनेट सम्म गतिलो पोष्ट चार्ज समेत हुन सकेन । ४१ औं मिनेटमा भने बुटवलका एरिक बिष्टले करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिक प्रहार चितवनका गोलरक्षक अमल नाइटको हातमा छुँदै क्रसबारमा ठोक्किएर फर्कियो । बुटवलले गोल गर्ने उत्कृष्ट मौका गुमायो । पहिलो हाफको यो नै एक मात्र उत्कृष्ट मुभ बन्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो । उसँग ३ अंक रहेको छ । बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिँदा दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ ले हारेको थियो । बुटवलको यो तेस्रो खेल हो ।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानासहित नेपाल पुलिस क्लबका ३ खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन्। पुलिसका प्रशिक्षक भोला सिलवालले तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट उमन्स लिग खेल्ने जानकारी दिए । पुलिसले उनीहरु विनानै […]
April 13, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले लेगानेसलाई १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई बढाएको छ। १२औं ला लिगा खेलमा अपराजित यात्रा जारी राखेको बार्सिलोना रियल भन्दा ७ अंकले अगाडि छ। एस्टाडियो म्युनिसिपल डे बुटार्के मा दोस्रो हाफ सुरु भएको केही समयमै गोल भएको थियो। लेगानेसका डिफेन्डर जोर्ज साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयास गर्दा […]
April 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार आर्सनल बराबरीमा रोकिएपछि लिभरपुलको उपाधि यात्रा थप सहज बनेको छ। आर्सनललाई ब्रेन्टफोर्डले १-१ को बराबरीमा रोकेको थियो। घरेलु मैदानमा थोमस पार्टीले ६१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमायोआन विस्साले बराबरी गोल गरेका थिए। च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई ३-० ले हराएको ४ दिनपछि आर्सेनलले ब्रेन्टफोर्डको कडा […]