default_image

4 days ago

April 3, 2025

काठमाडौं र झापाको लगातार दोस्रो बराबरी

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिगको तेस्रो संस्करणमा काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टिमको यो लगातार दोस्रो बराबरी नतिजा हो ।

दशरथ रङ्गशालामा भएको खेलमा तुलनात्मक रूपमा काठमाडौंले गोल गर्ने मौका बढी सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकमा झापाले केही अवसर सिर्जना गर्दै काठमाडौंलाई समस्या भने दिएको थियो ।

पाँचौं मिनेटमा काठमाडौंले उत्कृष्ट मौका गुमायो । अमानडो डियोपले एकल प्रयासमा बललाई अगाडि बढाएर बक्स भित्रबाट हानेको प्रहार क्रसबारमा लाग्यो ।

२७ औं मिनेटमा डियोपले कट ब्याकमा दिएको पासमा नेेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर जिलेस्पी जंग कार्कीको प्रहार आकाशियो । उनले टिमलाई अग्रता दिलाउने राम्रो अवसर खेर फाले । झापाले भने गतिलो पोष्ट चार्ज समेत गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

दोस्रो हाफ सुरू भएको पहिलो मिनेटमा नै झापाले उत्कृष्ट मौका सिर्जना गर्यो । अलहाजी गेरोको कट ब्यकमा आरसिस लजारले बक्सको एकबाट हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचावट गरे । उनले काठमाडौंलाई गोल खानबाट जोगाए ।

६६ औं मिनेटमा काठमाडौंका जिलेस्पीको क्रसमा झापाका गोलरक्षक नेमान्जा लेमाजिकको औंलामा लागेर गएको बलमा क्लोज रेन्जमा रहेका डियोपले बललाई कनेक्ट गर्न सकेनन् ।

इन्जुरी समयमा झापाले अग्रता बनाउने मौका चुकायो । आरोन थापाको प्रहार क्रसबारमा लागेर फर्कियो । इन्जुरी समयमा झापाका किपर नेमान्जा काँधमा लागेको चोटका कारण बाहिरिए । उनलाई अञ्जल श्रेष्ठले प्रतिस्थापन गरे । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा झापा र काठमाडौंले १/१ अंकमा चित्त बुझाए ।

दुवै टिमको यो लगातार दोस्रो बराबरी खेल हो । पहिलो खेलमा काठमाडौं ललितपुरसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । झापाले बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि झापाले गोलको खाता खोल्न सकेको छैन ।

काठमाडौं र झापा दुवैले दुई खेलबाट समान २ अंक जोडेका छन् ।

भोली एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ ।

April 7, 2025

राइजिङ स्टार महिला फुटबलको सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो […]

April 7, 2025

प्रितीसहित २१ खेलाडी सशस्त्र प्रहरीमा भर्ती

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् । भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन […]

April 7, 2025

ब्वाइज युनियन र श्री कुमारीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]

Success

Thank you for your time.