4 days ago
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।
दशरथ रंगशालामा जारी खेलको पाँचौं मिनेटमा काठमाडौंले उत्कृष्ट मौका गुमायो। अमानडो डियोपले एकल प्रयासमा बललाई अगाडि बढाएर बक्स भित्रबाट हानेको प्रहार क्रसबारमा लाग्यो।
२७ औं मिनेटमा अमानडो डियोपले कट ब्याकमा दिएको पासमा नेेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर जिलेस्पी जङ्ग कार्कीको प्रहार आकाशियो। उनले टिमलाई अग्रता दिलाउने राम्रो अवसर खेर फाले। झापाले भने गतिलो पोष्ट चार्ज समेत गर्न सकेको छैन्।
दुवै टिम पहिलो जित निकाल्ने दाउमा छन्। पहिलो खेलमा काठमाडौं ललितपुरसँग २-२ गोलको बराबरीमा रोकिएको थियो। झापाले बुटवल लुम्बिनीसँग गोल रहित बराबरी खेलेको थियो। त्यसैले आजको जित र ३ अंक दुवै टिमको लागि महत्वपूर्ण रहनेछ।
April 7, 2025
सुमन अधिकारी,बुटवल सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् । भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]