2 days ago
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ।
पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो।
विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै गोल भयो।
खेलमा गोल गर्ने अवसर सिर्जना गर्न नसकेको पोखराले खेलको ४२ औं मिनेटमा बनाएको पहिलो मुभमा नै गोल गर्यो।
आयुष घलानको क्रसमा सबस्टिच्युट नवयुग श्रेष्ठको प्रहारलाई ललितपुरका गोल रक्षक जेफ्री बाल्टसले बल्क गरे। रिबाउन्डमा मार्की खेलाडी समिर तामाङले गोल गर्न सफल भए र खेल १-१ को बराबरीमा पुग्यो।
तर पोखराको यो खुसी धेरै बेर टिकेन। इन्ज्युरी समयको दोस्रो मिनेटमा ललितपुरले फेरि अग्रता बनायो। मणि लामाको सहयोगमा पोखराका गोल रक्षक प्रिसोसँगको वान भर्सेज वानमा जो आइडोले गोल गरे। यो सँगै पहिलो हाफमा ललितपुरले २-१ को अग्रता बनाएको छ।
ललितपुरले पहिलो खेल काठमाडौंसँग २-२ गोलको बराबरी खेलेको थियो। पोखरा भने चितवनसँग २-० ले हारेको थियो। दुवै टोली पहिलो जितको खोजीमा छन्।
पोखरा र ललितपुर एनएसएलमा यसअघि ३ पटक भिडेका छन्। ललितपुरले १ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो।
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]