3 days ago
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ।
अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।
मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो ।
७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको पिएसजीभन्दा २१ अंकले पछाडि छ । सिजनको उपाधि जित्न पिएसजीलाई कम्तीमा अर्को हप्ता कुर्न बाध्य बनायो ।
मार्से तेस्रो स्थानमा झरेको छ । पिएसजीले शनिबार एन्जर्सविरुद्ध अंक जोडे लिगको उपाधि पक्का गर्नेछ ।
किलियन एम्बाप्पे रियल म्याड्रिड गएपछि लुइस एनरिकेले पिएसजीलाई एक बलियो युवा टोलीको रुपमा निर्माण गरेका छन् ।
सेन्ट इटिएनले खेलको नवौं मिनेटमा लुकास स्टासिनको हेडर गोलमार्फत अग्रता लियो । तर पहिलो हाफको अन्त्यतिर फ्लोरियन टारडियुले पेनाल्टी बक्समा गोन्कालो रामोसलाई लडाएपछि पिएसजीले पेनाल्टी पायो। रामोसले सहजै गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पिएसजीले दोस्रो हाफको सुरुवातमै खेल आफ्नो नियन्त्रणमा लियो। ख्विचा क्वारात्स्खेलियाले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।
त्यसपछि डिजाइर डोएले २ गोल गरे भने जोआओ नेभेसले एक गोल थपे। अर्को गोल अन्तिम मिनेटमा इब्राहिम म्बायेले ब्राडली बारकोलाको क्रसबाट गोल गरे। पिएसजीको त्यो छैटौं गोल रह्यो।
२७ खेलमा पिएसजीको ७१ अंक छ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]