3 days ago
March 30, 2025
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रेलिगेसबाट जोगिन संघर्षरत लेगानेसमाथि शनिवार कठिन जित हासिल गरेको छ ।
किलियन एम्बाप्पेले निर्णायक सहित ३ गोल गरेपछि रियलले लेगानेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा रियलको लागि अर्को गोल जुड बेलिङ्घमले गरे । लेगानेसका डिएगो गार्सिया र दानी राबाले गोल गरे ।
खेलको ३२औं मिनेटमा एमबाप्पेको पेनाल्टीमा रियलले अग्रता लियो । त्यसको २ मिनेटमा नै गार्सियाले बराबरी गोल फर्काए ।
४१औं मिनेटमा राबाले गोल गर्दै लेगानेसलाई अग्रता लियो । ४७औं मिनेटमा बेलिङ्घमले बराबरी गोल फर्काए । ७६औं मिनेटमा एमबाप्पेले गरेको अर्को गोल निर्णायक बन्यो।
तालिकाको दोस्रो स्थानमा रहेको रियल र शीर्ष स्थानको बार्सिलोनाको समान ६३ अंक छ । रियलले एक खेल बढी खेलेको छ। लेगानेस तालिकामा पुछारबाट तेस्रोमा छ।
अन्य खेलमा रायो भालोकानोले अल्भासलाई २-० ले, रियल सोसिडाडले भालाडिलोमाथि २-१ ले हरायो । तस्रो स्थानको एट्लेटिको मड्रिडलाई इस्पानियोलले १-१ को बराबरीमा रोकेको छ। एट्लेटिकोको ५७ अंक छ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]