3 days ago
March 29, 2025
सुमन अधिकारी, बुटवल
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
एपिएफ एफसीलाई शनिवार २-० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । पहिलो पटक तिलोत्तमा जितेको चर्च ब्वाइजको यो बर्षको पाँचौं उपाधि हो ।
खेलको २० औं मिनेटमा रिचर्ड विल्सनको गोलमा
चर्च ब्वाइजले अग्रता लिएको थियो । विल्सनले राज भुषाललको कर्नरलाई हेडिङमार्फत गोल गरेका हुन् । ६३ औं मिनेटमा राजले गोल गर्दै टोलीको जित पक्का गरे ।
चर्च ब्वाइजले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ र एपिएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ ।
चर्च ब्वाइजका राज भुषाल फाइनलको प्लेयर अफ दि म्याच चुनिए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।
चर्च ब्वाइज अमन लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले स्कुटरसहित ट्रफि प्राप्त गरे ।
चर्च ब्वाइजका विवश चौधरी उत्कृष्ट गोलकिपर, एपिएफकस मान बहादुर राना उत्कृष्ट डिफेन्डर, एपिएफका सामुयल सुनार उत्कृष्ट मिडफिल्डर, चर्च ब्वाइजका रिचर्ड विलसन उत्कृष्ट फरवार्ड र चर्च ब्वाइजका आशषिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले जनही ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरण गौतम, एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, यशोदा फुड्स प्रालिका डाईरेक्टर नितेश मालपानी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन लगायतले विजेता, उपविजेताका टोलीका खेलाडीलाई पुरस्कृत गरे।
चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित ८ टोलीको सहभागिता थियो।
बुटवल उप महानगरपालिका संरक्षक तथा रुपन्देही फुटबल संघको आयोजनामा भएको प्रतियोगितालाई यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डष्ट्रिज प्रालि मुख्य प्रायोजन गरेका थिए ।
तिलोत्तमा गोल्ड कपको २३ औं संस्करणसम्म आइपुग्दा १६ वटा टोलीले उपाधि जितेका छन् । जसमा १३ नेपाली र ३ विदेशी टोली छन्।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]