default_image

3 days ago

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

593 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ ।

पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका दुई डिफेन्डरलाई कर्नर फ्लयाग नजिकैबाट हानेको प्रहार गोल नजिकै रहेका काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भयो ।

खेलमा पकड बनाउन सफल ललितपुरले १५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । इमोह इजिकियलले हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले ब्लक गरे । फर्केको बललाई इमोहले नै कलेट गर्दै दिएको पासमा आदित्य शाक्यको लेफ्ट फुटेड सटले सही दीशा लियो ।

एकपक्षीय बनेको खेलको २५ औं मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले हानेको कडा प्रहार पोस्टमा लागेर फर्कियो ।

दुई गोलले पछि परेको काठमाडौंले २८ औं मिनेटमा गोल फर्काउने मौकामा गोल किपर जेफ्री बाल्टस बाधक बने । भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेडरलाई गोलरक्षकले रोके ।

एनएसएलमा यसअघि काठमाडौं र ललितपुरबीच चार पटक प्रतिस्पर्धा भएको छ । जहाँ ३ पटक काठमाडौं र १ पटक ललितपुरले खेल जितेको छ ।

तेस्रो संस्करणमा सात टोली ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.