2 months ago
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको आशा व्यक्त गर्दै भने, ‘हामी एनएसएलको भव्य सुरुवातका लागि पूर्ण रूपमा तयार छौं। यसकक मुख्य उद्देश्य नेपाली खेलाडीलाई अवसर प्रदान गर्नु हो।’
राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको एनएसएलमा सहभागिता नरहने प्रश्न गर्दा कार्कीले भने ,’ म किरणको व्यक्तिगत प्रशंसक हुँ। तर विश्वव्यापी रुपमा हेर्दा उमेरसँगै खेलाडीको मागमा परिवर्तन आउनु स्वाभाविक हो।’
तथापि कार्की एनएसएलको प्रारम्भसँगै उनलाई नयाँ भूमिकामा देख्न सक्ने सम्भावना रहको दोर्याए। उनले साथै यो एनएसएलबाट नयाँ प्रतिभा उदाउने आशावादी व्यक्त गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले एनएसएलले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
‘एनएसएल अपेक्षाभन्दा उत्कृष्ट रुपमा आयोजना हुँदैछ । जसले नेपाली फुटबलको विकासमा ठूलो योगदान पुऱ्याइरहेको छ। आर्थिक र व्यवस्थापकीय पक्ष आयोजकहरूले स्वतन्त्र रूपमा सम्हालेका छन् भने एन्फाले प्राविधिक सहयोग गरिरहेको छ,’ उनले भने।
राष्ट्रिय टोलीका कप्तान किरणको अनुपस्थितिबारे उठेका प्रश्नमा महासचिव राईले ,’ लिगको संरचना दीर्घकालीन रूपमा दिगो हुनुपर्छ। कुनै पनि खेलाडीका लागि छुट्टै नियम बनाउन सकिन्न। प्रतिस्पर्धात्मक खेल मात्र फुटबलको विकासको प्रमुख आधार हो। यो लिगले नेपाली खेलाडीलाई नयाँ अनुभव र उत्कृष्ट अवसर प्रदान गर्नेछ,’ उनले थपे।
एनएसलको तेस्रो संस्करणका औपचारिक कार्यक्रममस एन्फा पदाधिकारीको उपस्थिति पहिलो पटक आजको पत्रकार सम्मेलन भयो । जहाँ महासचिव राईले आयोजक र एन्फाको सम्बन्ध निकै सुमधुर रहेको जिकिर गरे। यसअघि कुनै पनि कार्यक्रममा एन्फाको उपस्थिति थिएन।
साविक च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणका विजेता काठमाडौं रेजर्सबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार साँझ ६ बजे उद्घाटन खेल सुरु हुनेछ। एनएसएलमा यसपटक ७ टोलीको सहभागिता रहनेछ।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]