2 months ago
March 28, 2025
सुमन अधिकारी, बुटवल
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ ।
रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ।
फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ ।
शुक्रवार प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरे।
एपिएफका प्रशिक्षक टोप बहादुर बिष्टले फाइनलका लागि तयार रहेको र ट्रफी जितेर इतिहास रच्ने बताए । उनले भने, ‘हामी लयमा छौं । सेट टिम छ आत्मविश्वास भएकाले उपाधि जित्नेमा ढुक्क छौं ।’
एपिएफ कप्तान हरि कार्कीले लामो समयदेखि सँगै खेलेकोमा टोलीमा तालमेलमा सहजता हुने जनाउँदै उपाधि जित्नका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको बताए ।
चर्च ब्वाइजका प्रशिक्षक आशिक थापामगरले पछिल्लो समय टोली बलियो रहेको आफ्नो साख जोगाउने लक्ष्य भएको बताए । उनले भने,’ फाइनल खेल हो । जित दुबै टिमको लक्ष्य हुन्छ । हामी जित्ने गरी नै खेल्छौं ।’
चर्च ब्याइजका कप्तान फाकुने एबायोमीले भने,’पक्कै पनि प्रतिद्वन्द्वी टोली सेट र बलियो छ । हामी पनि उपाधि जित्न चाहान्छौं । फाइनलमा च्यालेन्ज छ ।’
रुपन्देही ११ लाई पहिलो खेलमा र सेमिफाइनलमा संकटा क्लबलाई समान १-० हराउँदै फाइनलमा पुगेको थियो।
नेपाल पुलिस क्लबलाई पहिलो खेलमा टाइब्रेकरमा हराएको चर्च ब्वाइजले सेमिफाइनलमा मच्छिन्द्र एफसीलाई सहजै ४-१ ले हराएर उपाधि नजिक पुगेको थियो।
जारी सिजनमा चर्च ब्याइज र एपिएफको यो दोस्रो भेट हुनेछ। यसअघि सातौं बागमती गोल्डकप फुटबलको सेमिफाइनलमा चर्च ब्याइजले एपिएफलाई पराजित गरेको थियो ।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]