default_image

2 months ago

March 28, 2025

धनगढी एफसीको जर्सी सार्वजनिक

346 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ ।

धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह र आत्मबललाई प्रतिबिम्बित गरेको बताए । यसले क्लबका समर्थकहरूलाई अझ नजिक ल्याउने र टिमलाई उत्प्रेरित गर्ने विश्वास अध्यक्ष शाहीको थियो।

माई सेकेन्ड टिचर नेपालकी प्रमुख भट्टराईले शिक्षा र खेलकुदका साझा मान्यताहरूलाई आत्मसात् गर्दै यी दुवैको माध्यमबाट नयाँ पुस्तालाई सशक्त बनाउने आफूहरु प्रतिबद्ध रहेको बताइन् ।

भट्टराईले भनिन्, ‘हामी धनगढी एफसीसँग सहकार्य गर्दै आगामी दिनमा शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन प्रतिबद्ध छौं।’

माई सेकेन्ड टिचर नेपालको शिक्षा क्षेत्रमा रूपान्तरण ल्याउने उद्देश्यले काम गरिरहेको अनलाइन शिक्षण तथा सिकाइसम्बन्धी प्लेटफर्म हो। टोलीका खेलाडीले टोलीको नयाँ जर्सीमा फोटो सुट गरेका थिए।

टोलीको दोस्रो एम्बेसडर गायक दुर्गेश थापाले गाएको ‘धनगढी एफसी – दुश्मन हेरेको हेरै’ भर्सन गीत सार्वजनिक गरिएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढीको ब्रान्ड एम्बासडर हुन् ।

एनएसएल शनिवार सुरु हुँदैंछ । गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले मंगलवार बुटवल लुम्बिनी एफसीसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । धनगढी पहिलो दुई संस्करणको उपविजेता टोली हो।

टोलीका कप्तान देवेन्द्र तामाङले पहिलो लक्ष्य क्वालिफाइङमा पुग्ने रहने बताएका छन्। आइएनजी ग्रुपको माइसेकेन्ड टिचर धनगढी एफसीको मुख्य प्रायोजकको रुपमा रहेको छ ।

राइका ट्राभल्स, सगरमाथा सिमेन्ट्स, खल्ती, मेडिसिटी हस्पिटल, सिद्धार्थ हस्पिटालिटी, कोदाली, ब्रान्ड लजिक, आरओएनबी, ब्रेड बक्स, एसपीए कलेज, नेपाली पात्रो र पठाओसँग टोलीले एनएसएलका लागि सहकार्य गरेको छ।

धनगढी एफसीले गृह नगरमा आफ्नो समर्थकका लागि फ्यान पार्कको व्यवस्था गरेको छ । गृहनगरमा रहेका धनगढी एफसीका समर्थकहरुले धनगढी स्थित पार्क मोडमा गएर ठुलो स्क्रिनमा आफ्नो टोलीको खेल हेर्न पाउने छन् ।

धनगढी एफसीले धनगढी उपमहानगरपालिकासँग मिलेर पार्क मोडमा फ्यान पार्क निर्माण गरेको बताइएको छ ।

धनगढी एफसी टोली

गोलकिपर – वालिड इसाफी, सन्तोष महत, जियारत शेख
डिफेन्डर – अशोक खबास, देवेन्द्र तामाङ (कप्तान), अमृत श्रेष्ठ, रन्दीप पौडेल, पासाङ लामा, जर्ज काइसेडो (स्पेन)

मिडफिल्ड – रामचन्द्र वाजी, विवेक पौडेल, मोहम्मद इल जाउएनी (मोरोक्को), प्रशान्त लक्क्षम लिम्बु, कीर्तिसरत्न छुन्जु (मार्की), हरिश राज भट्ट, रोहन खड्गी, सन्दीप धामी
स्ट्राइकर – अहमद हिजाजी (लेबनन), जर्जप्रिन्स कार्की, अफिज ओलावाले (नाइजेरिया), दीपेश राई, सर्जियो बार्बोजा (ब्राजिल)

ब्याकरुम स्टाफ
मख्य प्रशिक्षक – हुँवा म्यानुएल मार्टिनेज (स्पेन)
सहायक प्रशिक्षक – भिष्म भाट
गोलकिपिङ प्रशिक्षक -महेश श्रेष्ठ
फिजियो – गौरव श्रेष्ठ
सहायक फिजियो – रोशन थापामगर
टेक्निकल डाइरेक्टर – भोलानाथ सिलवाल
पासाङ मोक्तान – किट म्यानेजर
म्यानेजर – रविन श्रेष्ठ
सहयाक म्यानेजर – डेनचेन धोङ लामा

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.