1 month ago
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानको
प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ।
मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्षस्थानमा कायमै रहेको हो।
एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले ३० औं मिनेटमा अग्रता बनायो। कर्नरमा विशाल दर्जाको हेडर गोलमा परिणत भयो। पहिलो हाफ १-० को नतिजामा सकियो।
१-० ले पछि परेको मध्यपुर दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । मध्यपुरको फितलो डिफेन्सको फाइदा उठाउँदै फागु राम थारुले ७७ औं मिनेटमा प्लानिङ ब्वाइजको अग्रता दुगुना गरे।
प्लानिङ ब्वाइज ९ अंक बनाउँदै शीर्षस्थानमा मजबुत भएको छ। मध्यपुरको यो पहिलो हार हो। उसको ३ खेलमा ४ अंक छ।
आज भएको पहिलो खेलमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई १-१ गोलको बराबरीमा रोकेको थियो।
भोलि झापा फुटबल क्लब र ब्वाइज युनियन तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]