1 month ago
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ ।
इन्जुरी समयसम्म अग्रतामा रहेको श्री भगवती अन्तिम समयमा गोल खाँदा १-१ को बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गरे । उनको सुरूवाती प्रयास पोस्टमा लागेपनि रिबाउन्डमा आएको बल पुन: उनकै दिशामा आएपछि उनले ६ यार्डभित्रबाट टाइट एंगलमा गोल गरे । यो गोलमा श्री भगवतीले पहिलो हाफमा १-० को अग्रता बनायो।
दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। निर्धारित ९० मिनेटसम्म श्री भगवतीसँग १-० को अग्रता रहेको थियो। तर इन्जुरी समयको दोस्रो मिनेटमा कृपाकान्त महतो थारूले गोल गरे। यो गोलमा वीरगन्ज हारबाट जोगियो ।
दुवै टिमले १/१ अंक बाँडे। श्री भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । उसको ३ खेलबाट ७ अंक छ । वीरगन्जको दोस्रो बराबरीका साथ ३ खेलबाट ५ अंक रहेको छ ।
आज हुन दोस्रो खेलमा प्लानिङ ब्वाइज र मध्यपुर बीच प्रतिस्पर्धा हुँदैछ ।
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]