default_image

4 days ago

March 27, 2025

दशरथ रंगशालामा ‘…….. दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने

1556 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुर्गेश थापाको चर्चित गीत ‘…….दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने भएको छ।

नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको शनिवार हुने उद्घाटनमा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले थापालाई‌ मुख्य पर्फमरको रुपमा प्रस्तुत गर्ने सामाजिक सन्जालमार्फत जानकारी दिएको‌ छ।

पछिल्लो समय देशभर आयोजना हुने महोत्सवमा सर्वाधिक माग हुने पर्फमरमध्ये थापा एक रहेको बताइन्छ।

एनएसएल आयोजकले शनिवार दिउँसो ४:३० बजे बाट सांगीतिक कार्यक्रम सुरु हुने जनाएको छ। त्यसपछि उद्घाटन खेल हुनेछ।

७ टोलीको सहभागिता रहेको एनएसएलको उद्घाटन खेल दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रजर्सबीच हुनेछ।

March 30, 2025

१० खेलाडीमा‌ सिमित बुटवलसँग झापा रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको […]

March 30, 2025

टुसाल र आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा आइतबार रानी पोखरी कर्नर टिम (आरसिटी) र टुसाल युथ क्लबले पहिलो जित दर्ता गरेका छन् । यसअघि लिगको पुछारमा रहेको आरसीटीसँग नयाँवस्ती युथ क्लब २-१ ले पराजित भयो । त्यस्तै टुसालले शत प्रतिशत नतिजा ल्याएको सरस्वती युथ क्लबलाई१-० ले हरायो । एन्फा कम्प्लेक्समा आज भएको दोस्रो […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

Success

Thank you for your time.