4 days ago
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर फिलिप्स अजालाई अनुबन्ध गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवलले अनुबन्ध गरेको अजा अन्तिम विदेशी खेलाडीको हुन् । बुटवलमा विदेशी खेलाडीको संख्या ६ पुगेको छ ।
राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगी बुटवलका मार्की खेलाडी हुन् । टोलीको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा छन् ।
बुटवलले आइतवार झापा एफसीसँग खेल्दै एनपिएलको सुरुवात गर्नेछ। शनिवार उद्घाटन खेल दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रजर्सबीच हुनेछ।
बुटवल लुम्बिनी एफसीका विदेशी खेलाडी
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]