default_image

4 days ago

March 26, 2025

एपिएफ तिलोत्तमा गोल्ड कपको फाइनलमा

752 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

युवराज खड्काको गोलमा एपिएफ एफसी रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा बुधवार संकटा एफसीलाई १-० ले पराजित गर्दै १० खेलाडीमा सिमित एपिएफ उपाधि नजिक पुगेको हो।

गत महिना काठमाण्डौंमा भएको केपी ओली कपमा संकटाले एपिएफलाई हराएको थियो। संकटा केपी ओली कपको च्याम्पियन टोली हो।

५८ औं मिनेटमा एपिएफ १० खेलाडीमा सिमित भएको थियो । संकटाका सिर्जनराज गौतमलाई फाउल गरेपछि एपिएफका विपन श्रेष्ठले रातो कार्ड पाएका थिए ।

इन्ज्युरी समयमा युवराजले गोल गरेपछि एपिएफले अन्तिम दुईको यात्रा गरेको हो । युवराज प्लेयर अफ दी म्याच घोषित भए र उनले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीवार मच्छिन्द्र एफसी र चर्च ब्याइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगितालाई यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन गरेको छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रतियोगिताको मुख्य सहयोगी रहेको छ। प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार६ सय, ६६ रुपैंयाँ प्राप्त गर्नेछ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.