default_image

4 days ago

March 26, 2025

च्यासलको पहिलो जित

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ।

च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ औं मिनेटमा अनिश थारूको असिस्टमा अनिल भोम्जनले गोल गरे। यो गोलमा च्यासलले १-० को अग्रता बनायो।

यसपछि ७० औं मिनेटमा कर्नरमा आश्विन घोरासैनीको हेडरले सही दिशा लियो। यो सँगै च्यासलले निर्धारित ९० मिनेटमा २-० को अग्रता बनायो।

इन्ज्युरी समयमा यमन महर्जनले गोल फर्काएपनि च्यासलले श्री कुमारीलाई २-१ गोल अन्ततले माथ दियो।

च्यासलको यो पहिलो जित हो। ३ खेलबाट उसले ४ अंक बनाएको छ। श्री कुमारीको भने यो लगातार तेस्रो हार हो। उसले अंकको खाता खोल्न सकेको छैन।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.