4 days ago
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्।
स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए।
पहिलो पटक २०२२ मा यी दुईजनालाई ठगीको आरोपबाट सफाइ दिइएको थियो । तर स्विजरल्याण्डका संघीय अभियोजनकर्ताहरूले त्यो फैसलाविरुद्ध पुनरावेदन गरेका थिए।
यो मुद्दा २०१५ बाट सुरु भएको हो । जब फिफा ठगी र भ्रष्टाचारको आरोपमा फस्न पुग्यो। यसले जुरिचमा नाटकीय छापामारी पनि भयो । एक फरक अमेरिकी अनुसन्धानबाट त्यो घटना क्रम सुरु भएको थियो।
त्यसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो घोटाला मानिएको थियो। त्यो घटनाले ब्लाटरलाई राजीनामा दिन बाध्य पारेको थियो । त्यहि क्रममा प्लाटिनीको फिफाको अध्यक्ष बन्ने आशा पनि समाप्त भएको थियो।
स्विस अभियोजनकर्ताहरूले त्यसपछि ८९ वर्षीय ब्लाटर र ६९ वर्षीय प्लाटिनीलाई फिफालाई ठगेको आरोप लगाउँदै कागजात किर्ते र ठगीको आरोप लगाएका थिए। उनीहरूले सो भुक्तानीको कुनै कानुनी आधार नभएको बताएका थिए।
तर ब्लाटर र प्लाटिनी दुवैले उक्त रकम फिफाका लागि प्लाटिनीले परामर्शदाताको रुपमा गरेको कामको ढिलो गरिएको भुक्तानी भएको दाबी गरेका थिए। प्लाटिनीले यसअघि युरोपेली फुटबल महासंघ (युइएफए) का पूर्व अध्यक्ष हुन् ।
पहिलो मुद्दाको सुनुवाइमा ब्लाटरले १९९८ मा प्लाटिनीलाई आफ्नो सल्लाहकारको रूपमा काम गर्न अनुरोध गरेको बताएका थिए। त्यतिबेला फिफाले प्लाटिनीले माग गरेको वार्षिक १० लाख स्विस फ्र्याङ्क भुक्तानी गर्न नसक्ने भएकाले वार्षिक ३ लाख फ्र्याङ्क भुक्तानी गर्ने सहमति भएको थियो । बाँकी रकम भुक्तानी गर्ने त्यो सर्तमा रहेको बताइएको छ।
स्विजरल्याण्डको संघीय फौजदारी अदालत बेलिन्जोनाले यो तर्क स्वीकार गर्दै भुक्तानी ‘जेन्टलमेनको सम्झौता’ अनुसार भएको निष्कर्ष निकालेको थियो। संघीय अभियोजनकर्ताहरूले पुनः अपील गरेपछि नयाँ सुनुवाइ भएको हो।
फैसलापछि ब्लाटरले भने, ‘अन्ततः अदालतले न्याय दिएको छ। मेरो , परिवार र साथीहरूको लागि यो ठूलो खुसीको कुरा हो। म अहिले अत्यन्तै भावुक छु।’
प्लाटिनीले भने, ‘मेरो पीडा अहिले पूर्ण रूपमा समाप्त भयो। आज मेरो इज्जत फर्किएको छ । अत्यन्तै खुसी छु।’
प्लाटिनीका वकिलले यो फौजदारी कारबाहीको लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कानूनी कारबाही गर्ने योजना रहेको बताएका छन्।
प्लाटिनीको खेलजीवन निकै शानदार थियो। उनी तीन पटक बालोन डी’ओर जित्ने खेलाडी हुन्। उनले फ्रान्सलाई १९८४ को युरोपेली च्याम्पियनसिप जिताएका थिए ।
१९८५ मा युभेन्टसबाट युरोपियन कप जितेका थिए। उनी पछि फ्रान्सको राष्ट्रिय टोलीका प्रशिक्षक भए । २००७ देखि २०१५ सम्म उनी युइएफएको अध्यक्ष थिए।
स्विस व्यवसायी एवम् खेल प्रशासक ब्लाटर १९७५ मा फिफामा सामेल भएका थिए। उनी १९८१ मा फिफाका महासचिव र १९९८ मा अध्यक्ष बनेका थिए।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]