default_image

4 days ago

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट
नेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्।

ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए।

इमोहले  सन् २०१४ मा मेक्सिको विरुद्ध नाइजेरियाको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।  उनले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नाइजेरिया यु २३ टिमबाट खेल्दै काँस्य पदक जितेका थिए ।

उनले  बेल्जियमको शीर्ष श्रेणीको लिग स्टान्डर्ड लिग , आरएससी एन्डरलेक्ट र स्पेनको लस पल्मसबाट पनि खेलेका छन् ।

ललितपुर सिटी एफसँग फेरि पनि जोडिन पाउँदा उनले निकै उत्साहित भएको बताएका छन्।

फ्रेन्च फरवार्ड पापा इबो केबेले पनि उनले फेरि पनि ललितपुरबाट नै एनएसएल खेल्न पाउदा धेरै खुसी लागेको बताएका छन्।

इमोह र पापाको आगमनले टोली थप मजबुत भएको ललितपुरको विश्वास छ ।  राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ ललितपुरको मार्की प्लेयर हुन् ।

पूर्व विजेता काठमाडौं रेजर्ससँग शनिवार उद्घाटन खेल खेल्दै ललितपुरले उपाधि रक्षाको यात्रा सुरु गर्नेछ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.