default_image

2 months ago

March 26, 2025

एन्फाले पूर्व अध्यक्ष थापाविरुद्ध पत्रचार गर्ने

489 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको ।

दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा भनिएको छ  ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानविन गरि कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने ।’

पूर्व अध्यक्ष थापाले एन्फा कार्यसमितिको त्यसमा पनि मुख्य त अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन्।

एन्फाले आफ्नै वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्‌का लगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छार्नावन गरि निर्णयका लागि पत्रचार गर्ने निर्णय गरेको जनाएको छ।

एन्फा कार्यसमितिले वार्षिक साधारण सभामा २०८२ वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष नेम्वाङको अध्यक्षतामा बसेको बैठकले सन् २०२५ का लागि वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँको बजेत साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।

महिला फुटबलको समग्र विकास लागि दिर्घकालिन रुपमा कार्यायोजना बनाई कार्यान्वयन गर्ने निर्णयसहित एन्फाले १५ वटा विभिन्न निर्णय गरेको छ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.