default_image

2 months ago

March 26, 2025

नर्वेको जितमा हालान्डको गोल

652 views

0 Bookmark

एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो ।

हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे ।

इजरायलका लागि मोहम्मद अबु फानी र डोर टर्गेम्यानले गोल गरे । खेलको ३९औं मिनेटमा उल्फको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लियो । ५५औं मिनेटमा फानीले गोल गर्दै इजरायललाई बराबरीमा ल्याए ।

५९औं मिनेटमा नै सोर्लोथले गोल गर्दै नर्वेलाई‌ पुनः अग्रता दिलाए । ६५औं मिनेटमा अजरले गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्याए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा हालान्डले गोल गर्दा नर्वेको अग्रता ४-१ मा पुग्यो । इन्ज्युरी समयमा टर्गेम्यानले इजरायलका लागि दोस्रो गोल गरे ।

लगातार दोस्रो जितसँगै २ खेलमा ६ अंक जोडेको नर्वे समूह ‘आइ’ को शीर्षस्थानमा छ । पहिलो पराजय बेहोरेको इजरायल समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा छ ।

युरोपियन छनोटको अन्य खेलको नतिजा

इस्टोनिया ३-२ माल्डोभा
कजाकस्तान २-० लिचेस्टाइन
नर्थ मेसेडोनियार १-१ वेल्स
चेक रिपब्लिक ४-० जिबाल्टर

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.