1 month ago
March 25, 2025
सुमन अधिकारी, बुटवल
मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ।
भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ९० औं मिनेटमा राजीव लोप्चनले विजयी गोल गरेका हुन् । इन्ज्युरी समयमा विमल घर्तीमगरले गोल अन्तरले दोब्बर पार्ने मौका गुमाएका थिए ।
मच्छिन्द्रका राजीव प्लेयर अफ दी म्याच घोषित भए र उनले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे।
मच्छिन्द्र अब सेमीफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्याइज युनाइटेको सामना गर्नेछ।
बुधवार एपिएफ र संकटाबीच पहिलो सेमिफाइनलमा हुनेछ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजना बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगितालाई यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गरेको छ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैंयाँ प्राप्त गर्नेछ।
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]