default_image

1 month ago

March 25, 2025

नेपाली टोलीको पहिलो रोजाईमा लकेनलाई‌ मौका

2821 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाविरुद्ध आज हुने एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय फुटबल टोलीमा‌ अघिल्लो खेलको पहिलो रोजाईमा एक खेलाडी परिवर्तन गरिएको छ ।

सिंगापुर विरुद्ध शुक्रवार भएको खेलको पहिलो रोजाईमा रहेका अन्जन विष्टको ठाउँमा लकेन लिम्बुलाई समावेश गरिएको छ।

मुख्य प्रशिक्षक म्याट रोसले अन्य १० खेलाडीलाई निरन्तरता दिएका छन् । नेपालले पहिलो पटक सिंगापुरलाई १-० ले हराएको थियो। त्यसमा जिलेस्पीजंग कार्कीले गोल गरेका थिए ।

जिलेस्पीसहित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, रोहित चन्द,अनन्त तामाङ, सनिश श्रेष्ठ,सुमन श्रेष्ठ, एरिका विष्ट, सुमित श्रेष्ठ, आयुष घलान र मनिष डाँगीलाई निरन्तरता दिएका छन् ।

नेपाललाई अहिले सम्म मलेसियालाई हराउन सकेको छैन

नेपाल र घरेलुु टोली मलेसियाबीच इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राति ७:४५ बजे खेल सुरु हुनेछ।

पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिले सम्म हराउन सकेको छैन । इतिहासमा मलेसिया बलियो छ। नेपाल सामू इतिहास रच्ने मौका छ।

अहिलेसम्म नेपालले मलेसियासँग ७ पटक खेलेको छ। नेपाल मलेसियासँग ६ पटक हारेको छ। एक पटक गोलरहित बराबरीको नतिजा निकालेको छ।

नेपालले मलेसिया विरूद्ध अहिलेसम्म गोल समेत गर्न सकेको छैन, उल्टो २३ गोल खाएको छ।

फिफा वरियतामा मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ। मलेसिया १ सय ३२ औं र नेपाल १ सय ७५ औं स्थानमा छ।

आजको खेल नेपालमा हुनुपर्ने हो। तर दशरथ रंगशालालाई अन्तराष्ट्रिय मान्यता नभएको कारण नेपाली टोली मलेसिया गएको हो।

यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।

होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ।

April 26, 2025

को बन्ला एनएसएलको सर्वोत्कृष्ट?

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थन्डर्स भिड्दैछन् । प्रतियोगिताको उपाधिका लागि ललितपुर कागजी रुपमा दावेदार रहँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि पनि यिनै दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत सिजन ललितपुरले उपाधि जित्दा टोलीका कप्तान अनन्त तामाङ […]

April 25, 2025

एनएसएल फाइनल – ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट […]

April 25, 2025

एपिएफ लुम्बिनी कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा नेपाल पुलिस क्लबलाई शुक्रवार १-० ले पराजित एपिएफ विजयी भएको हो। इन्ज्युरी समयमा गीता रानाले गरेको हेड गोलमा एपिएफलाई विजयी बन्यो । गीता प्लेयर अफ द फाइनल घोषित भइन् । विजेता एपिएफले ५ लाख ५ हजार […]

Success

Thank you for your time.