1 month ago
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ।
सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ।
खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक म्याट रोसले बताए।
मलेसिया बलियो प्रतिद्वन्द्वी भएपनि जितको लागि नै खेल्ने प्रशिक्षक रोसले भनेका छन्। नेपालले शुक्रवार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिंगापुलाई १-० ले हराएको थियो। पहिलो पटक सिंगापुरलाई हराएर नेपाली टोली आमविश्वासी बनेको छ।
अन्तराष्ट्रिय मैत्रिपूर्ण खैलमा जितबाट सुरूवात गरेका प्रशिक्षक रोसका लागि यो नेपालको तर्फबाट पहिलो आधिकारिक प्रतियोगिता समेत हुनेछ।
मलेसियाका प्रमुख प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालले सिंगापुरलाई हराएको कारण खेल सजिलो नहुने बताएका छन्। नेपाललाई कमजोर नठान्ने पनि उनले भनेका छन्।
हेड टु हेड
अहिलेसम्म नेपालले मलेसियासँग ७ पटक खेलेको छ। जहाँ नेपालले एक खेल पनि जितेको छैन। नेपाल मलेसियासँग ६ पटक हारेको छ। एक पटक गोलरहित बराबरीको नतिजा निकालेको छ। नेपालले मलेसिया विरूद्ध अहिलेसम्म गोल समेत गर्न सकेको छैन्।
नेपालले ७ खेलमा २३ गोल खाएको छ। त्यसैले गोल गर्ने र पहिलो जित निकाल्ने र इतिहास बदल्ने अवसर नेपाली टोलीलाई रहेको छ।
यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ। होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ।
मलेसियासँगको यो खेल नेपालको होम म्याच हो। तर दशरथ रङ्गशालासँग अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो।
नेपाली टोली
गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डर – अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर – रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान
स्ट्राइकर– जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशाला आइपुगेका छन्। नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो क्वालिफायरमा विशेष अतिथिको रुपमा कार्लोस रंगशाला पुगेका हुन्। धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल सुरु हुनुअघि कार्लोसले मैदानमा पुगेर दुवै टोली खेलाडीलाई शुभकामना दिए। उनले खेलका रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण पनि गरे। उनले पूरै खेल […]