1 month ago
March 24, 2025
सुमन अधिकारी, बुटवल
सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स नजिक निर्मल घिसिङले पासमा सृजनले जर्जियनका किपर विवेक राईलाई बिट गर्दै गोल गरे।
८६ औं मिनेटमा दोस्रो गोल गरेका सिर्जनले ६ मिनेट इन्ज्युरी समयमा थप २ गोल गरे।
प्रतियोगितामा मंगलवार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लब बिच अन्तिम क्वाटरफाइनल हुनेछ।
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]