2 days ago
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो ।
पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन र जाभी सिमोन्सले गोल गरे । घरेलुु टोलीका मिकेल ओयार्जाबालले २ र लामिन यमलले १ गोल गरे ।
आठौं मिनेटमा ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ५४औं नेदरल्यान्ड्सका मेम्फिसले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
६७औं मिनेटमा ओयार्जाबालले दोस्रो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसको १२ मिनेट पछि इयान मास्टेनले उत्कृष्ट गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए ।
१ सय ३ मिनेटमा स्पेनका यमलले उत्कृष्ट गोल गर्दै पुनः स्पेनलाई अग्रता दिलाए । ६ मिनेटपछि नेदरल्याण्ड्सका जाभी सिमोन्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।
समग्रमा खेल बराबरीमा सकिएपछि निणर्य पेनाल्टी सुटआउट मार्फत भएको थियो । पेनाल्टी सुटआउटमा दुबै टोलीले पहिलो तीन प्रहार गोलमा परिणत गरे ।
त्यसपछि नेदरल्यान्ड्सका नोआ लाङले प्रहार गर्दा बल बारमा लागेर बाहिरियो । नेदरल्याण्ड्सका गोलकिपर बार्ट वेरब्रुग्गेनले यमलको पेनाल्टी बचाए ।
बार्सिलोनाका पेड्रीले निर्णायक पेनाल्टी गोल गर्दै स्पेनलाई जित दिलाए । डोनेल मालेनले पेनाल्टी मिस गरेपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिन पुग्यो।
सेमिफाइनलमा स्पेनले आगामी जुनमा फ्रान्ससँग जर्मनीमा खेल्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली जर्मनीले पहिलो संस्करणको विजेता पोर्चुगलसँग खेल्नेछ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]