2 days ago
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित भएको थियो ।
समग्रमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा बढेको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा फ्रान्सलाई जित दिलाउन माइकल ओलिसे र उस्मान डेम्बेलेले गोल गरे । क्रोएसियालाई सुरुदेखि नै दबाबमा राखेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्यो ।
खेलको ५२औं मिनेटमा ओलिसेले उत्कृष्ट फ्रिकिकमार्फत फ्रान्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा ओलिसेको क्रसलाई उस्मान डेम्बेलेले गोलमा परिणत गरे ।
निर्धारित समय समग्रमा २-२ को बराबरी भए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । फ्रान्सले अतिरिक्त समयमा खेलको गति नियन्त्रणमा राख्यो । अतिरिक्त समयमा पनि कुनै गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टि सुटआउटमा गोलरक्षक माइननले मार्टिन बतुरिना र जोसिप स्टानिसिचको प्रहार रोकिदिए भने फ्रान्जो इभानोभिचले पनि पेनाल्टी गुमाए । फ्रान्सका लागि जुल्स कौन्डे र थियो हर्नान्डेजले पेनाल्टी मिस गरे । तर, अन्तिममा डायोट उपामेकानोले निर्णायक प्रहारमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे।
सन् २०२१ मा नेसन्स लिग जितिसकेको फ्रान्सले अब जुनमा जर्मनीमा साविक विजेता स्पेनसँग सेमिफाइनल खेल्नेछ । सेमिफाइनलको अर्को खेलमा जर्मनी र पोर्चुगल प्रतिस्पर्धा गर्नेछन् ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]