2 days ago
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो ।
पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ गोल गरे ।
१ गोल डेनमार्कले पोर्चुगललाई उपहारस्वरुप दिएको थियो । डेनमार्कका लागि भने क्रिस्टियन इरिक्सन र रामसुस क्रिस्टेन्सेनले गोल गरे ।
३८औं मिनेटमा जोआकिम एन्डरसनको आत्मघाती गोलमा पोर्चुगलले अग्रता लियो । ५६औं मिनेटमा रामसुस क्रिस्टेन्सेनले गोल गर्दै डेनमार्कलाई बराबरीमा पुर्याए ।
रोनाल्डोले ७२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि इरिक्सनले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाए । खेलको ८६औं मिनेटमा गोल गर्दै पोर्चुगलका फ्रान्सिस्कोले खेललाई ३-२ मा पुर्याए ।
समग्रमा ३-३ बराबरीपछि खेल अतिरिक्त समयमा पुग्यो । थप समयको सुरुवातमा फ्रान्सिस्कोले व्यक्तिगत दोस्रो गोल पूरा गरे । गोन्सालो रामोसले १ सय १५औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सेमिफाइनलमा पुर्याए ।
सन् २०१९ मा नेसन्स लिगको पहिलो संस्करण जितेको पोर्चुगल सोही लय दोहोर्याउने लक्ष्यमा छ।
पोर्चुगलले अब जुन महिनामा आयोजना हुने अन्तिम ४ मा आयोजक जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]