1 day ago
March 23, 2025
सुमन अधिकारी, बुटवल
एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो।
शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ खेल अघि बढाइएको थियो।
कप्तान हरि कार्कीले १७ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए।
केही राम्रा अवसरमा गोल गर्न चुके पछि आयोजक रुपन्देही –११ पहिलो खेलबाटै बाहिरिएको छ।प्रतियोगीतावाटै बाहिरिएको छ ।
एपिएफका विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । उनले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे।
आज दिउँसो दोस्रो खेल चर्च ब्याइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।
प्रतियोगिताको विजेता टोलीले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ प्राप्त गर्नेछ।
रुपन्देही एन्फाको आयोजना बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी रहेको छ।
प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसीको पनि सहभागिता रहेको छ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]