4 hours ago
March 22, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को युरोप छनोटमा इंग्ल्यान्डले शुक्रवार अल्वानियालाई हराएको छ।
इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मायल्स लुवेस-स्केली र ह्यारी केनले गोल गरे ।
खेलको २०औं मिनेटमा नै जुड बेलिङ्घमले दिलाएको पासमा मायल्सले गोल गरि घरेलु टोलीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा कप्तान केनले गोल गरे। त्यो उनको खेल जीवनको ७०औं अन्तर्राष्ट्रिय गोल गरे । अल्वानियाले केहि सिर्जना गरेपनि गोल गर्न सकेन ।
युरोपेली छनोटअन्तर्गत गएरातिका अन्य खेलमा लात्भियाले एन्डोरालाई १-० ले पराजित गरेको छ ।फिनल्यान्ड माल्टालाई १-० ले हरायो ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ। घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६-२ को नतिजा सुम्पेको थियो। स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं र मिनेटमा ८८ औं गोल गरेकी हुन् । २२ […]
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]