default_image

5 hours ago

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

741 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ।

उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोली उपाधि जित्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले आर्मीलाई कमजोर नआँक्ने तर उपाधि जित्न मैदान उत्रिने बताए ।

उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए । राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए ।

कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताइन् । उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताइन् ।

आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए । फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे ।

आर्मीविरुद्ध यसअघिका खेलमा हार बेहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए । कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए ।

आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ । फागुन २४ गते भएको इलाम गोल्डकपको फाइनलमा एपिएफले आर्मीलाई पराजित गरेको थियो। एपिएफ भने त्यही लयलाई निरन्तरता दिने सोचमा हुनेछ ।

फाइनलमा टिकटदर ३ र २ सय

एपिएफ र एपिएफबीच हुने फाइनलका लागि चितवन जिल्ला फुटबल संघले ३ सय र २ सय रुपैयाँको टिकट दर तय गरिएको छ।

संघका अध्यक्ष श्री कृष्णकार्कीले प्याराफिटका लागि ३ सय तथा प्याराफिट बाहिरका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । दर्शकहरुको सहजतालाई मध्यनजर गर्दै टिकट बिहान १० बजेबाट नै खुला गरिने उनले जानकारी दिए ।

ट्रफी अनावरण

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक कार्कीले आज ट्रफी अनावरण गरेका हुन् ।

यसैबीच संघले चोटका कारण मैदान बाहिर रहेका एपिएफकी हिरा भुजेल र आर्मीकी दीपा शाहीलाई फाइनलमा नगदसहित सम्मान गर्ने भएको छ ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.