7 hours ago
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ।
आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने दाउमा रहेका प्रशिक्षक रोसले बेस्ट टिमलाई उतार्ने बताएका छन्। साथै उनीसँग नयाँ खेलाडीलाई परीक्षण गर्ने अवसर समेत रहनेछ।
नेपालले सिंगापुरलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघि नेपाल र सिंगापुरबीच ४ पटक प्रतिस्पर्धा भएको छ। जहाँ सिंगापुरले ३ खेल जित्दा १ खेल गोलरहित बराबरीमा सकिएको थियो।
पछिल्लो पटक नेपालले सन् १९८९ मा फिफा विश्वकप छनोटमा खेलेको थियो। नेपाल र सिंगापुरले ३६ वर्षपछि खेल्न लागेको हो।
नेपाल र सिंगापुरको फुटबल प्रतिस्पर्धाको इतिहास ३ दशकभन्दा लामो छ। नेपालले पहिलो पटक १९८२ को किंग्स कपमा सिंगापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २-० ले पराजित भयो।
४ वर्षपछि १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिंगापुलाई गोलरहित बराबरीमा रोकेको थियो।
त्यसपछि १९८९ मा फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच दुई खेल भएको थियो। पहिलो खेलमा नेपाल ७-० र दोस्रो खेलमा ३-० ले पराजित भएको थियो। अहिलेसम्म नेपालले सिंगापुर विरुद्ध गोल समेत गर्न सकेको छैन।
नेपालले गत नोभेम्बरमा अफगानिस्तानलाई हराएपछि करिब ४ महिनापछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछ।
मैत्रीपूर्ण खेलपछि नेपाली टोली छनोट खेल्न मलेसिया जानेछ। नेपाल र मलेसियाबिच चैत १२ गते प्रतिस्पर्धा हुनेछ।
यो खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्ने तालिका थियो। तर दशरथ रंगशालाले तत्काल अन्तर्राष्ट्रिय खेल खेलाउन अनुमति नपाएपछि नेपालले आफ्नो होम म्याच मलेसियामा हुन लागेको हो।
एसियन कप छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ। जहाँ नेपालले मलेसिया, भियतनाम र लाओससँग प्रतिस्पर्धा गर्नेछ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]