1 week ago
March 21, 2025
एजेन्सी – जापान विश्वकप फुटबल २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ ।
बिहीवार भएको एसिया–विश्वकप छनोट खेलमा बहराइनलाई २-० ले पराजित गरेसँगै जापानको विश्वकप यात्रा पक्का भएकोहो । जापानले समूह ‘सी’ बाट ३ खेल खेल्नु अघि नै विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
६० हजार दर्शकका माझ घरेलु मैदानमा जापानलाई हित दिलाउन का ल दाइची कामादा र रियल ताकेफुसा कुबोले गोल गरे ।
समूह सीका अन्य खेलमा साउदी अरेबियाले चीनलाई १-० ले र अस्ट्रेलियाले इन्डोनेसियालाई ५-१ ले पराजित गर्यो।
शीर्ष स्थानको जापानको १९ र दोस्रो स्थानको अस्ट्रेलियाको १० अंक छ । त्यस्तै तेस्रो स्थानको साउदी अरेबियाको ९ तथा इन्डोनेसिया, बहराइन र चीनको समान ६ अंक छ।
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिएको छ । एनसेल र ललितपुरबीच बिहीवार सम्झौता भएको छ । साविक विजेता ललितपुरले एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिवार पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ। ‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको […]
March 28, 2025
एजेन्सी – बार्सिलोनाले ओसासुनालाई बिहीवार ३-० हराएपछि स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ। रोबर्ट लेवान्डोव्स्की र राफिन्हालाई विश्राम दिएपनि क्याटलान क्लबले फेरान टोरेसको र डानी ओल्मोको पेनाल्टी गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले ७७औं मिनेटमा हेडरमार्फत तेस्रो गोल […]
March 27, 2025
सुमन अधिकारी, बुटवल चर्च ब्याइज युनाइटेड रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल बिहीवार १० खेलाडीमा सिमित मच्छिन्द्र एफसीलाई ४-१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको पाँचौं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो । मच्छिन्द्रका रोशन […]