7 days ago
March 21, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा ब्राजिलले कोलम्बियामाथि पुनरागमन जित हासिल गरेको छ ।
ब्राजिलले शुक्रवार बिहान कोलम्बियालाई २-१ ले पराजित गरेको हो । १-१ को बराबरीको स्थितिमा इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो ।
ब्राजिललाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन राफिन्हा र भिनिसियस जुनियरले गोल गरे । कोलम्बियाका लागि भने लुइस डियाजले १ गोल गरे ।
राफिन्हाले छैटौं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४१औं मिनेटमा डियाजले कोलम्बियाका लागि गोल गर्दै खेलमा बराबरी गरेका थिए ।
इन्ज्युरी समयको नवौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए ।
जितसँगै ब्राजिल १३ खेलमा २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया समान खेलमा १९ अंकका साथ छैठौं स्थानमा छ । त्यस्तै, शुक्रवारै भएका अर्को खेलमा पराग्वेले चिलीलाई १-० ले पराजित गर्यो ।
March 28, 2025
एजेन्सी – बार्सिलोनाले ओसासुनालाई बिहीवार ३-० हराएपछि स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ। रोबर्ट लेवान्डोव्स्की र राफिन्हालाई विश्राम दिएपनि क्याटलान क्लबले फेरान टोरेसको र डानी ओल्मोको पेनाल्टी गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले ७७औं मिनेटमा हेडरमार्फत तेस्रो गोल […]
March 27, 2025
सुमन अधिकारी, बुटवल चर्च ब्याइज युनाइटेड रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल बिहीवार १० खेलाडीमा सिमित मच्छिन्द्र एफसीलाई ४-१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको पाँचौं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो । मच्छिन्द्रका रोशन […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानकोप्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ। मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्षस्थानमा कायमै रहेको हो। एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले ३० औं मिनेटमा अग्रता बनायो। कर्नरमा विशाल दर्जाको हेडर गोलमा परिणत भयो। पहिलो हाफ १-० को नतिजामा […]