default_image

17 hours ago

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

1107 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन

त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो ।

खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले ४ गोल गरिन् । विमला चौधरी र हिमा चौधरीले समान १ गोल गरिन् ।

रौतहटका लागि पिउली रायले २ तथा सेनु परियारले १ गोल गरिन् । आर्मीकी चन्द्रा प्लेयर अफ दि म्याच भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

आर्मीले अब उपाधिका लागि एपिएफ एफसीको सामना गर्नेछ । एपिएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर २४ विरुद्ध ११-० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

दुई‌ सातामा एपिएफ र आर्मी दोस्रो पटक उपाधिका लागि भिड्ने भएका छन्। फागुन २४ गते इलाममा भएको महिला फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई एपिएफले उपाधि जितेको थियो।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल शनिवार हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

March 21, 2025

फर्डिनान्डले हस्ताक्षर गरेको जर्सी १ लाख १५ हजारमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)- इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बिहीवार ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गर्ने कार्यक्रममा जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो । हरेक बिडमा ५ हजार रुपैयाँ थपिँदै गएको थियो । धेरैले […]

March 21, 2025

पनामा र मेक्सिको नेसन्स लिगको फाइनलमा भिड्ने

एजेन्सी – पनामा र मेक्सिको चौथो संस्करणको कन्काफ नेसन्स लिगको उपाधिका लागि खेल्ने भएका छन् । शुक्रवार भएको सेमिफाइनल खेल जित्दै पनामा र मेक्सिकोले उपाधिका लागि भिड्ने पक्का गरेका हुन् । पनामाले पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० ले पराजित गरेको हो । लगातार ३ पटक च्याम्पियन भएको अमेरिकालाई पराजित गरि पनामा पहिलो पटक फाइनल पुगेको हो […]

March 21, 2025

ललितपुर सिटीको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहीवार क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। ललितपुरले एनएसएलमा प्रयोग गर्ने दुवै खाले जर्सी सार्वजनिक गरेको हो । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको […]

Success

Thank you for your time.