13 hours ago
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ।
मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् ।
साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकमा सर्वसम्मतिले सावित्राको फोटोसहितको होलिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामाकरण गर्ने निर्णय भएको बताइएको छ।
‘हाम्रो चेली सावित्राले फुटबलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकोले पालिकाबासी हर्षित छौं”, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रुपमा स्थापित सावित्राको सम्मानार्थ ‘ साम्बा चोक’ नामाकरण गर्न लागेका हौं ।’
अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने पालिकाले विश्वास लिएको छ ।
साम्बा हाल फ्रान्सेली लिग एन अभान्ट ग्वेङगाम्पबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन्। आफ्नो नामबाट साम्बा चोक नामाकरण गर्न लागेकोमा गाउँपालिकालाई धन्यवाद दिइन् ।
‘आफू जन्मेको ठाउँ सबैलाई प्यारो लाग्छ । यो मेरो मात्र हैन गाउँपालिका समग्र फुटबल क्षेत्रको सम्मानको रुपमा लिएको छु,’ साम्बाले भनिन्,’ यसले मलाई केहि भावुक पनि बनाएको छ । त्यो भन्दा बढी आउने दिनमा फुटबलका माध्यमबाट देशलाई सफलता दिलाउन हौसला मिलेको छ।’
सन् २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी साम्बा ५३ खेलमा नेपालका लागि सर्वाधिक ५७ गोल गरेकी छिन्।
एक दशकअघि एपिएफमा आबद्ध भएकी २७ वर्षे साम्बाले माल्दिभ्स, भारत र इजरायलबाट व्यवसायिक फुटबल खेलिसकेकी छिन् ।
March 21, 2025
एजेन्सी – युईएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले सहज जित हात पारेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा सहज जित हासिल गर्ने क्रममा क्रोएसियाले फ्रान्समाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा क्रोएसियालाई जितका लागि एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे । खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले घरेलु टोलीलाई सुरुवाती […]
March 21, 2025
एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जर्मनीले इटलीमाथि पुनरागमन जित निकालेको छ । जर्मनीले बिहीवार इटलीमाथि २-१ को जित हासिल गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको जर्मनीले दोस्रो हाफमा २ गोल गर्दै खेलमा जित हासिल गरेको हो । जर्मनीको जितमा टिम क्लेनडिएन्स्ट र लियोन गोरेट्ज्काले गोल गरे । घरेलु टोलीका […]
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]