1 day ago
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो ।
एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । गोलरहित बराबरीको नतिजामा दुवैले समान १/१ अंक बाँडे ।
दुवै टिमले दुई खेल सकिँदा २ अंक बनाएका छन् । यसअघि ब्वाइज युनियनले नयाँबस्ती युथ क्लबसँग गोलरहित बराबरीकै नतिजा निकालेको थियो । दुई खेल सकिँदा ब्वाइज युनियनले गोल समेत गर्न सकेको छैन ।
टुसालको पनि यो दोस्रो बराबरी हो । उसले पहिलो खेल नयाँवस्तीसँग १/१ को बराबरी खेलेको थियो । टुसाल अंक तालिकाको सातौं र ब्वाइज युनियन आठौं स्थानमा रहेका छन् ।
जारी लिगको अहिले दोस्रो चरणको खेलहरू भइरहेका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]