4 hours ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । यो गोलमा मध्यपुरले १-० को अग्रता बनायो ।
खेल सकिन एक मिनेट बाकी छँदा पुजन राईले गोलकिपरलाई बिट गरे । खेल १-१ को बराबरीमा पुग्यो । इन्जुरी समयमा सजिन थापा मगरले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । यही गोल निर्णायक बन्दा मध्यपुरले नाटकीय शैलीमा २-१ को जित दर्ता गर्यो । झापाको भने यो लगातार दोस्रो हार हो ।
दोस्रो खेलमा मध्यपुरको यो पहिलो जित हो । उसले दुई खेलबाट ४ अंक बनाएको छ । पहिलो खेलमा मध्यपुरले टुसाल युथ क्लबसँग बराबरी खेलेको थियो ।
झापाले दोस्रो खेलमा पनि अंकको खाता खोल्न सकेन । झापा पहिलो खेलमा प्लानिङ ब्वाइजसँग २-१ ले हारेको थियो ।
आजै भएको पहिलो खेलमा श्री भगवती क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको थियो ।
भोलि टुसाल युथ क्लब र ब्वाइज युनियन तथा रानी पोखरी कर्नर टिम (आरसीटी) र वांशबारी क्लबबीच खेल हुनेछ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]