2 hours ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो।
एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० च्याम्पियन्सिपमा युवा टोली सम्हालेका थिए। नेपाल त्यसको फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । यो पटक प्रतियोगिता यु-१९ फरम्याटमा हुँदैछ।
यसपटक च्याम्पियनसिप २०८२ को वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ।च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक भैसकेको छ। सबै खेल गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ।
च्याम्पियनसिपमा कुल ९ खेल हुनेछन्। जहाँ समुह चरणमा ६ तथा २ सेमिफाइनल र फाइनल हुनेछ।नेपालले वैशाख २८ श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग वैशाख ३० गते खेल्नेछ ।
नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ। समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स, र भुटान छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाल यो च्याम्पियनसिपको दुई पटकको विजेता हो । नेपालले सन् २०१५ मा स्वदेशमा भएको पहिलो संस्करणको र २०१७ मा उपाधि जितेको थियो।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]