4 hours ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ ।
समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र भुटान रहेका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको पहिलो दिन वैशाख २६ गते बङ्गलादेश र माल्दिभ्स तथा श्रीलंका र भारतबीच खेल हुनेछ ।
च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ सम्म हुनेछ। सबै खेल अरूणाञ्चलको गोल्डेन जुब्ली स्टेडियम युपीयामा हुनेछ । च्याम्पियनसिपमा कुल ९ खेल हुनेछन् । जहाँ समुह चरणमा ६ तथा २ सेमिफाइनल र १ फाइनल हुनेछ।
नेपाल यो च्याम्पियनसिपको पहिलो संस्करणको विजेता हो । सन् २०१५ मा पहिलो पटक विजेता बनेको नेपालले दोस्रो पटक २०१७ मा उपाधि जितेको थियो ।
भारतले सर्वाधिक ३ पटक उपाधि जितेको छ। गत संस्करण नेपालमा भएको च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई ४-१ ले हराएको थियो।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]