5 hours ago
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ ।
मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ ।
घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो ।
मार्सेका लागि अमिन गुइरिले गोल गरे । पिएसजी यो सिजनको २६औं खेल सम्म अपराजित छ । पिएसजीले खेलको १७औं मिनेटमै डेम्बेलेको गोलमा सुरुवाती अग्रता लियो ।
४२औं मिनेटमा पिएसजीका लागि मेन्डेसले गोल गर्दै अग्रता २-० बनाए । ५१औं मिनेटमा मार्सेका लागि गुइरिले गोल गरे । तर, ७६औं मिनेटमा पोल लिरोलाले आत्मघाती गोल गरेपछि मार्सेको पुनरागमनको आशा समाप्त भयो।
जितसँगै पिएसजी २६ खेलमा ६८ अंकका साथ शीर्ष स्थानमा छ । पिएसजीले शीर्ष स्थानमा १९ अंकको अग्रता बनायो । मार्सेको समान खेलमा ४९ अंक छ ।
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]