7 hours ago
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ ।
मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे ।
एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको थियो । खेलको ११औं मिनेटमा लाथले गोल गरे। त्यसको ९ मिनेट पछि नै मायमीका कप्तान मेसीले बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । फाफाले ८९औं मिनेटमा मायमीका लागि विजयी गोल गरे ।
जितसँगै मायमी कन्फ्रेन्स इस्टमा ४ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । एटलान्टाको ४ खेलमा ४ अंक छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]